राष्ट्र बैंकले गर्यो मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

राष्ट्र बैंकले गर्यो मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा

काठमाडौं,१ फागुन । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको दोस्रो त्रैमास अर्थात् अर्धवार्षिक समीक्षा गरेको छ । अर्थ मन्त्रालयले अर्थनीति अर्थात् बजेट कार्यान्वयनको छ महिनाको समीक्षा गरेकै दिन केन्द्रीय बैंकले समेत मौद्रिक नीतिको समीक्षा गरेको हो ।

अर्थतन्त्रको आन्तरिक तथा बाह्य क्षेत्र दुबै सुधारोन्मुख रहेकाले मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षाले गरेको नीतिगत व्यवस्थालाई नै निरन्तरता दिएको केन्द्रीय बैंकले जनाएको छ । प्रत्येक महिनाजसो बैंकहरुले निक्षेपको ब्याजदर घटाउन थालेपछि केन्द्रीय बैंकले थप घट्न नदिन अर्धवार्षिक समीक्षामार्फत हस्तक्षेपकारी नीति लिएको छ ।

मौद्रिक नीति व्यवस्थापनको ब्याजदर करिडोरहरुलाई यथावत् राखेको राष्ट्र बैंकले ब्याजदर करिडोरलाई थप व्यवस्थित गर्न फागुनदेखि स्थायी निक्षेप सुविधालाई कार्यान्वयनमा ल्याइने भनेको छ । यो व्यवस्थामार्फत राष्टबैंकले तीव्र रुपमा घट्दै गएको बैंकको ब्याजदर (निक्षेप र कर्जाको ब्याजदर)मा नियन्त्रणको नीति लिएको छ । अब निक्षेपको ब्याजदर संस्थागत र व्यक्तिगतबीचको ब्याजदर अन्तरको नयाँ व्यवस्था कार्यान्वयन बाहेकको अवस्थामा थप घट्ने छैन । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत कृषि, साना, घरेलु तथा मझौला उद्यममा प्रवाह भएको २ करोडसम्मको व्यावसायिक कर्जालाई रेगुलेटरी रिटेल पोर्टफोलियोमा गणना गर्न पाउने व्यवस्था गरेको छ ।

बजार तथा लगानीकर्ताले अपेक्षा गरेभन्दा केही फरक मौद्रिक नीतिको समीक्षा नेपाल राष्ट्रबैंकले सार्वजनिक गरेको हो । केन्द्रीय बैंकले ५ बुँदे नीतिगत व्यवस्था गरेको छ । जसमा अधिकांश नीतिगत व्यवस्था पहिलो त्रैमासिक समीक्षाको भन्दा खासै फरक छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);