बदमासी गर्ने सहकारीलाई कारबाही गर्न निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

बदमासी गर्ने सहकारीलाई कारबाही गर्न निर्देशन

काठमाडौं, १५ फागुन । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले बदमासी गर्ने सहकारीहरुको पहिचान गरी कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । आईतवार आर्थिक मिडिया सञ्चालक संघले काठमाडौंमा आयोजना गरेको सहकारीमा संकट कारण र समाधान विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै मन्त्री राईले यस्तो निर्देशन दिनु भएको हो ।

उहाँले सहकारी क्षेत्रमा पछिल्लो समय देखिएमा समस्याको पहिचान गरी समाधानको लागि सरकार सकारात्मक रहेको बताउँदै बदमासी गर्ने सहकारीहरुको पहिचान गरी कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । मन्त्री राईले मन्त्रालयमा सहकारी क्षेत्रका वर्तमान समस्या र समाधानको आए मन्त्रालय तत्काल समाधान गर्न सहजिकरण गर्न तयार रहेको प्रतिवद्धता समेत जनाउनु भयो । राईले सहकारीहरुले विधि विधान भन्दा बाहिर गएर धेरै पैसा कमाउन खोज्दा समस्या सिर्जना भएको बताउनु भयो । उहाँले ३० हजार सहकारीमा १५ वटा भन्दा बढीले बदमास नगरेको दाबी गर्नुभयो । उहाँले सहकारीको विषयमा बढी नै हल्ला भएकाले सहकारी प्रतिको विश्वास गुम्दै गएको उल्लेख गर्नुभयो । उहाँले ग्रामिण क्षेत्रका जनताको दैनिक समस्या समाधान सहकारीले नै गरेको भन्दै सहकारीलाई बचाउन आवश्यक रहेको बताउनु भयो । उहाँले सहकारी अभियानत तथा अन्य सम्बन्धित निकायहरुले सहकारीमा देखिएका समस्या र समाधान गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘सबैले धेरै पैसा कमाएर धनी हुनुपर्छ तर मुलुकको कानूनी सीमामा रहेर हुनुपर्छ । कानून भन्दा बाहिर गएर पैसा कमाउन खोज्दा समस्या सिर्जना भएको हो । मुलुक हल्लैहल्लाको देश हो । केही ठूला सहकारीहरु विधिभन्दा बाहिर गयो होला । ग्रामिण क्षेत्रका सहकारीहरुले राम्रो काम गरेका छन् । ३० हजार सहकारीमा १५ वटाले नराम्रो गरेको भएपनि अन्यले गरेका छैनन् । तर सहकारी सकियो भने हल्ला बढी भयो । हल्ला होइन काम गर्ने हो । सहकारीका कहाँकहाँ समस्याहरु छन् । त्यहाँबाट निराकरण गरेर बदमासी गर्नेहरुलाई कारबाही प्रक्रिया अगाडि बढाए भयो । हल्लाको कारण मानिसहरुले सहकारीलाई नराम्रो भन्न थालेका छन् । सहकारीले राम्रो काम गरेको छ । ग्रामिण क्षेत्रका जनताको दैनिक समस्या समाधान गरेको छ । आयोगहरु धेरै बन्छ । आयोगले निस्कर्ष निकाल्छ कार्यान्वयन हुँदैन । सहकारीमा भएका समस्या र समाधानका विषयमा लिपिवद्ध गरेर म भएको ठाउँमा ल्याउनुुस् । म समस्याको समाधान गर्न तयार छु । सहकारीको समस्या समाधानको लागि सबै जना लाग्नुपर्छ । सरकार सहकारी क्षेत्रमा भएका समस्या समाधान गर्न तयार छ । तपाईहरु ढुक्क हुनुस् समाधान गर्न तयार छु । समाधान हुन्छ । तर ढिला नगर्नस्।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);