कृषि र साना उद्यममा लक्ष्मी लघुवित्त बेल्डाँडीकाे ८ कराेड कर्जा प्रवाह | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

कृषि र साना उद्यममा लक्ष्मी लघुवित्त बेल्डाँडीकाे ८ कराेड कर्जा प्रवाह

कञ्चनपुर । लक्ष्मी लघुवित्त वित्तिय संस्था कञ्चनपुरस्थित बेल्डाँडी शाखाले चार वर्षमा ८ कराेड रुपैयाँ कर्जा प्रवाह गरेकाे छ । लघुवित्तले १०६ वटा केन्द्रमार्फत कृषि र साना उद्यममा ८ कराेड ७ लाख ९२ हजार कर्जा लगानी गरेकाे  हाे ।

लक्ष्मी लघुवित्त बेल्डाँडी शाखा प्रमुख भरत गिरीका अनुसार संस्थाले केन्द्रमार्फत २ करोड ४४ लाख ८२ हजार ३ सय २५ रुपैयाँ निक्षेप संकलन गरेकाे छ । शाखामा १४ सय ७७ जना सदस्य आवद्ध छन् ।

१० माघ ०७४ मा शाखा स्थापना भएकाे थियाे । त्यसयता विना धिताे कार्यक्रम अन्तर्गत ७ सय २६ जनाले ऋण लिएका हुन् ।

लक्ष्मी लघुवित्त वित्तीय संस्था बेल्डाँडीकाे दाेस्राे वार्षिक केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम बिहीबार सम्पन्न भएको छ । ३१ नम्बर केन्द्र प्रमुख ईश्वरीदेवी भट्टको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय कार्यालय तथा आन्तरिक लेखा परीक्षण विभागका सहायक प्रबन्धक हरिकृष्ण भट्ट प्रमुख अतिथि थिए ।

सहायक प्रबन्धक भट्टले संस्थाबाट लिएको ऋणको सही ठाउँमा प्रयोग गर्न आग्रह गरे । प्रगति विवरण अनुसार १ सय ५६ जनालाई संस्थामार्फत सुत्केरी सुविधा प्रदान गरिएकाे छ । पाँच जनाले बिमा क्षतिपूर्ति प्राप्त गरेका छन् भने तीन जनाले काजकिरियाबाफत रकम भुक्तानी लिएका छन् ।

कार्यक्रममा स्वागत मन्तव्य संस्थाकी कनिष्ट सहायक रत्नाकला खत्रीले राखेकी थिइन् भने सञ्चालन सहायक जितेन्द्रप्रसाद जैशीले गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);