कर्णालीका सहकारीमा बचतभन्दा पुँजी बलियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कर्णालीका सहकारीमा बचतभन्दा पुँजी बलियो

sahakari_sastha

काठमाडौं । कर्णाली प्रदेशका सहकारी संस्थाहरुमा बचतभन्दा सेयर पुँजीको अवस्था बलियो रहेको पाइएको छ । प्रदेशभित्र संचालनमा रहेका ७५ वटा बचत तथा ऋण सहकारी संस्थाहरुमा ८ अर्ब १९ करोड रुपैयाँ पुँजी रहेकोमा यी संस्थाहरुले ६ अर्ब ६१ करोड बचत संकलन गरी ९ अर्ब ८८ करोड कर्जा लगानी गरेका छन् ।

सहकारी ऐन-२०७४ को व्यवस्था अनुसार सहकारी संघसंस्थाहरुले प्राथमिक पुँजीको १५ गुणासम्म बचत संकलन गर्न पाउने व्यवस्था छ । कर्णाली प्रदेशमा भने पुँजीको तुलनामा बचत संकलन कमजोर रहेको नेपाल राष्ट्र बैंकले गरेको प्रादेशिक आर्थिक अध्ययनमा उल्लेख छ । 

गत आर्थिक वर्ष २०७७/७८ मा कर्णालीका बचत तथा ऋण सहकारी संस्थाको कुल पुँजी ३०.६६ प्रतिशतले वृद्धि भई ८ अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी संस्थाहरुको कुल पुँजी ३८.५८ प्रतिशतले वृद्धि भई ६.२७ अर्ब पुगेको थियो । 

यसैगरी गत आवसम्ममा संस्थाहरूको कुल बचत २७.८३ प्रतिशतले वृद्धि भई ६ अर्ब ६१ करोड  पुगेको छ भने प्रवाह भएको कुल कर्जा २७.५२ प्रतिशतले वृद्धि भई ९ अर्ब ८८ करोड पुगेको छ । अघिल्लो वर्षमा कुल कर्जा १३.५७ प्रतिशतले वृद्धि भई ७ अर्ब ७५ करोड पुगेको थियो ।

कर्णाली प्रदेशमा ७५ वटा बचत तथा ऋण सहकारी संस्थाहरु संचालनमा छन् । यी संस्थाहरूमा सदस्यहरूको संख्या २.७१ प्रतिशतले वृद्धि भई दुई लाख २३ हजार आठ सय २४ पुगेको छ । गत वर्ष सोहीअवधिमा यो संख्या दुई लाख १७ हजार ९ सय १० रहेको थियो । यी संस्थाहरू प्रदेशभित्र एक हजार सात सय ५२ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेका छन् ।

राष्ट्र बैंकले प्रदेशभित्रका १० ठूला सहकारीहरुको नमुना छनोट गरी अध्ययन गर्दा पुँजी ३१.१६ प्रतिशतले, बचत २६.२९ र कर्जा ४० प्रतिशतले वृद्धि भएको छ । सहकारीको संख्यात्मक वद्धि र सहकारीप्रति आमसर्वसाधारणको आकर्षण बढ्दै गएपछि कारोबार पनि बढ्दै गएको हो । सहकारीमा कारोबार बढ्दै गएपनि प्रभावकारी अनुगमन नियमन नहुँदा सहकारीमा जोखिम पनि बढ्दै गएको छ ।  

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);