राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकको पछिल्लो परिस्थितिबारे छलफल गर्न बैठक आह्वान गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकको पछिल्लो परिस्थितिबारे छलफल गर्न बैठक आह्वान गर्ने

raprapa

काठमाडौं, १६ पुस । सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकको पछिल्लो परिस्थितिबारे छलफल गर्न आगामी पुस तेस्रो साता पार्टी केन्द्रिय कार्य समिति बैठक आह्वान गरेको छ ।

अध्यक्ष कमल थापाले निर्वाचनको समिक्षासहित मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न आगामी पुस १९, २० र २१ गते पार्टी केन्द्रिय कार्य समिति बैठक बोलाइएको जानकारी दिनु भएको हो ।

बाँकेको नेपालगंजमा स्थानीय संचारकर्मीमाझ उहाँले निर्वाचनमा अनपेक्षित हार व्यहोर्नु परेपनि पार्टीले लिएको नीति र कार्यदिशा भने उपयुक्त रहेको दावी समेत गर्नु भयो । उपप्रधानमन्त्री समेत रहनु भएका थापाले निर्वाचन परिणामबाट विचलित नहुन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनु भयो ।

अध्यक्ष थापाले पार्टीको भावी रणनीति र कार्यदिशा तय गरी मुलुकलाई अघि बढाउन आफ्नो पार्टी सफल हुने दावी समेत गर्नु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);