अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिबाट सन्यास लिन सुझाव :योगेश भट्टराई | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८०, बुधवार

अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिबाट सन्यास लिन सुझाव :योगेश भट्टराई

kp and yogesh

काठमाडौं,१६ पुस । नेकपा एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले प्रधानमन्त्री बन्ने तयारीमा रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिबाट सन्यास लिन सुझाव दिनुभएको छ ।

एमाले सचिव भट्टराईले पार्टी एकताको प्रक्रिया पूरा गरेर पार्टी अध्यक्ष ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दुवैले राजनीतिबाट सन्यास लिनुपर्ने बताउनुभयो । उहाँले एमालेको पेशागत विशेष जिल्ला कमिटिले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा पार्टी एकताको घोषणा गरेपछि ओली र दाहाल दुवैले राजनीतिको परीक्षामा पूर्णाङ्क पाउने भन्दै प्रधानमन्त्री र पार्टी अध्यक्ष बनेर फेरि परीक्षामा नबस्न ओली र दाहालसँग आग्रह गर्नुभयो ।

एमाले प्रचार विभाग प्रमुख भट्टराईले पार्टी र देशको जिम्मा लिन दोस्रो र तेस्रो पुस्ता सक्षम रहेकाले ओली र दाहालले अब आफूलाई शान्ति प्रक्रिया र राजनीति व्यवस्थापनका बारेमा कक्षा लिने काममा सामेल गराउनु उपयुक्त हुने बताउनुभयो ।

उहाँले अबको पचास बर्षसम्म बाम गठबन्धनले सरकार चलाउने दाबी गर्दै सत्ताको सपना नदेख्न नेपाली कांग्रेससँग आग्रह गर्नुभयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);