माओवादी नेता पुन स्वास्थ्य उपचारका लागि थाईल्याण्ड प्रस्थान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

माओवादी नेता पुन स्वास्थ्य उपचारका लागि थाईल्याण्ड प्रस्थान

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुन उपचारका लागि थाइल्याण्ड प्रस्थान गरेका छन् ।जण्डिसको उपचार गर्न नेता पुन आज बिहान पूर्व सभामुखसमेत रहेकी पत्नी ओनसरी घर्तीको साथमा थाईल्याण्ड गएका हुन् ।

थाईल्याण्डको बैंककस्थित समितिभेज अस्पतालमा उनको उपचार हुने उनको सचिवालयले जानकारी दिएको छ । चार वर्ष अगाडि पनि पुन सोहि किसीमको उपचार गर्न थाईल्याण्डको बैंकक गएका थिए ।

यसअगाडि सुमेरु अस्पतालमा उपचार गराउँदै आएका पुनको शरीरमा देखिएको जण्डिसको मात्रा अस्वभाविक रूपमा बढेपछि चिकित्सकहरूले थाईल्याण्ड लगेर उपचार गर्न सुझाएका बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);