मुलुकलाई समृद्ध बनाउन जलविद्युत क्षेत्रको विकास गर्नुपर्छ : राष्ट्रपति | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

मुलुकलाई समृद्ध बनाउन जलविद्युत क्षेत्रको विकास गर्नुपर्छ : राष्ट्रपति

काठमाडौं, २१ पुस । राष्ट्रपति विद्या भण्डारीले मुलुकलाई समृद्ध बनाउन जलविद्युत क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिएकी छन् । शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा ‘हिमालयन हाईड्रो एक्स्पो’ उदघाटन गर्दै राष्ट्रपति भण्डारीले मुलुकमा अव स्थिर सरकार बन्ने र त्यसले आर्थिक, सामाजिक रुपान्तरण गर्ने विश्वास व्यक्त गरिन् ।

उनले जलविद्युत क्षेत्रको विकासका लागि लगानी गर्न सरकार र निजी क्षेत्र दुवैको ध्यानाकर्षण गराएकी छन् । राष्ट्रपति भण्डारीले अपार सम्भावना रहेको जलविद्युत क्षेत्रको विकास नभएकै कारण मुलुकमा विकास, निर्माणको कामले गति लिन नसकेको स्पष्ट पारिन् । उनले जलविद्युतमार्फत् मुलुकको विकास गर्न सरकार र निजी क्षेत्र दुवैले उत्साहका साथ काम गर्नुपर्नैमा जोड दिइन् ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले जलविद्युत क्षेत्रमा लगानी गर्ने वातावरण बनाउन सरकारसँग माग गरिन् । उनले उर्जा क्षेत्रको विकास गरी मुलुकलाई समृद्ध बनाउन सरकारले लगानी मैत्री वातावरण निर्माण गर्न ढिलाई गर्न नहुनेमा जोड दिइन् ।

एक्स्पोमा हाइड्रो पावर निर्माता, सप्लायर्स, डिजाईनर्स, कन्सल्टयान्ट, लगानीकर्ता र बैँक तथा वित्तिय संस्थाहरुसहित करिव सय वटा स्टल राखिएको छ । एक्स्पोमा चीन, भारत, नर्वे, दक्षिण कोरिया, जर्मनी, अष्ट्रिया, बुल्गेरिया, इटली, बलायत, ब्राजिल लगायतका मुलुकका कम्पनीहरु सहभागी भएका छन् ।

नेपालको जलविद्युतको बजार विस्तार गर्ने उद्देश्यका साथ एक्स्पो आयोजना गरिएको स्वतन्त्र उर्जा उत्पादक संघका अध्यक्ष शैलेन्द्र गुरागाईँले जानकारी दिए । ३ दिनसम्म चल्ने एक्स्पोमा ५० हजार भन्दा बढिले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);