पूर्वराजा ज्ञानेन्द्र थाइल्याण्ड जाँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

पूर्वराजा ज्ञानेन्द्र थाइल्याण्ड जाँदै

gyanendra

काठमाडौं, २३ साउन । पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्याण्ड जाने भएका छन् ।  देशको पछिल्लो राजनीतिक घटनाक्रमबारे चासो राख्दै आएका पूर्वराजा ज्ञानेन्द्र निजी सचिव सागर तिमल्सिनाका साथ भोलि साउन २४ गते शुक्रबार थाइल्याण्डको बैङ्कक जान लागेका हुन् ।

उनको यो भ्रमण पारिवारिक रहेको निर्मल निवास स्रोतले जनाएको छ । विभिन्न सामाजिक सञ्जालमा पूर्वराजवादीले राजा फर्कने अफवाह चलाइरहेको बेला उनी थाइल्याण्ड जान लागेका हुन् ।

उनी त्यहाँ पुगेको केही दिनपछि पूर्वरानी कोमल पनि थाइल्याण्ड जाने कार्यक्रम रहेको छ । पूर्वयुवराज्ञी हिमानी शाह बुधबार दुई छोरी पूर्णिका र कीर्तिकासँगै थाइल्याण्ड गएकी छिन्  । अधिकांस भ्रमणमा पूर्वराजा ज्ञानेन्द्र, कोमल र हिमानी सँगसँगै निस्कने गरेका छन् ।

दशैँको केही दिनअघि मात्र फर्कने गरी पूर्वराजाको परिवार थाइल्याण्ड जान लागेको हो । करिब तीन साता लामो भ्रमणको मिति तय गरी थाइल्याण्ड जान लाग्नुभएका ज्ञानेन्द्र थाइल्याण्डलाई ट्रान्जिट बनाएर विभिन्न मुलुक भ्रमण गर्ने तयारी गरेका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);