नेकपा स्थायी कमिटी बैठक मंसिर २८ गते सम्मलाई स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

नेकपा स्थायी कमिटी बैठक मंसिर २८ गते सम्मलाई स्थगित

काठमाडौं, २१ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक मंसिर २८ गते सम्मलाई स्थगित भएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठक मंसिर २८ सम्मलाई स्थगित भएको हो ।

अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले प्रस्तुत गर्नुभएका छुट्टाछुट्टै प्रस्ताव अध्ययन गर्नका लागि भन्दै बैठक एकसाताका लागि स्थागित गरी मंसिर २८ गते दिउसो १ बजे बस्न गरी बोलाएको हो ।

बैठकपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रस्ताव माथि अध्ययन गर्नका लागि समय दिइएको बताउनुभयो । बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओली सहभागि नभई आफू आउन नसक्नुको कारण खुलाई पत्र पठाउनुभएको पनि प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

बैठकमा सचिवायल सदस्य इश्वर पोखरेलले अध्यक्ष ओलीले पठाउनुभएको पत्र पढेर सुनाउनुभयो । अध्यक्ष ओलीले पत्र मार्फत अध्यक्ष प्रचण्डले ल्याउनुभएको प्रस्ताव बैठकमा छलफलका लागि राख्न नमिल्ने भएकाले आफू उपस्थित नभएको जानकारी गराउनु भएको पनि प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

बैठकले मंसिर २५ गते बस्ने भनिएको केन्द्रीय कमिटीको बैठक पुष ५ गतेका लागि सार्ने निर्णय समेत गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);