प्रतिनिधि सभा बैठक बस्दैः विनियोजन विधेयक पारित गर्ने कार्यसूची, मन्त्रीहरूले जवाफ दिने | ईमाउण्टेन समाचार

Our Network

असार ३ २०८३, बिहीबार

प्रतिनिधि सभा बैठक बस्दैः विनियोजन विधेयक पारित गर्ने कार्यसूची, मन्त्रीहरूले जवाफ दिने

काठमाडौं ।

संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बुधवारको बैठकमा विनियोजन विधेयक, २०८३ माथि विभिन्न मन्त्रालयका शीर्षकहरूमा केन्द्रित भई उठेका प्रश्नहरूको जवाफ दिने र विधेयक पारित गर्ने कार्यसूची तय गरिएको छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने बैठकमा सम्बन्धित मन्त्रीहरूले सांसदहरूले उठाएका जिज्ञासाको स्पष्टीकरण दिने कार्यक्रम छ । कार्यसूचीअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका बजेट शिर्षकमाथि छलफल हुनेछ । साथै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकहरूमा उठेका प्रश्नहरूको पनि सम्बन्धित मन्त्रीहरूले जवाफ दिनेछन् । बैठकमा सभामुखले विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकहरूमा २० जना सदस्यहरूले प्रश्तुत गर्नुभएको खर्च कटौतीको प्रश्तावलाई निर्णयार्थ प्रश्तुत गर्नुहुनेछ । खर्च कटौतीको प्रश्ताव पेश गर्ने सदस्यहरूमा कृपाराम राना, युवराज दुलाल, पार्वती वि.क., एशुदाकुमारी बराल, जोग कुमार बरबरिया यादव, गुरुप्रसाद बराल, सन्तोष सुब्बा, मोहमद इस्तियाक राई, नीता घतानी, बलावती शर्मा, परशुराम तामाङ, विष्णुमाया वि.क., अर्जुनकुमार कार्की, यज्ञबहादुर बोगटी, नरेन्द्र कुमार केरुङ, ऐनबहादुर महर, रमेशकुमार मल्ल, पुष्प ाज कंडेल, साजिदा खातुन सिद्धिकी र पद्माकुमारी अर्याल रहनुभएको छ । व्यवस्थापन कार्य अन्तर्गत आजै विनियोजन विधेयक, २०८३ का विभिन्न दफाहरूलाई निर्णयार्थ प्रश्तुत गरिनेछ । तत्पश्चात अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनियोजन विधेयक, २०८३ लाई पारित गरियोस् भनी सदनमा प्रश्ताव प्रश्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

Leave a Reply