काठमाडौं ।
आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ । बिहान ९ बजे बस्ने प्रतिनिधि सभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा समितिको स्थलगत अनुगमन भ्रमण सम्बन्धमा छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे बस्ने राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आगामी आ.व.०८३÷०८४ को बजेट तथा वार्षिक कार्यक्रमको शारेमा छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे नै बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आगामी स्थानीय निर्वाचनको पुर्वतयारी सम्बन्धमा छलफल हुनेछ ।




