सर्वोच्चबाट जन्मकैदको फैसला सुनाईएका माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

काठमाडौं, १४ कार्तिक । सर्वोच्च अदालतले हत्यारा सावित गरेका माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ परेका छन्। मंगलबार ललितपुरको सातदोबाटोबाट विहान ११ बजे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीले उनलाई पक्राउ गरेको हो।

सर्वोच्च अदालतले दोषी ठहर गरेको लामो समयसम्म पनि प्रहरीले पक्राउ गर्न नसकेको भन्दै नेपाल प्रहरीका महानिरीक्षकमाथि समेत मानहानीको मुद्दा दायर भएपछि उनलाई पक्राउ गर्न प्रहरी तातेको थियो । उनलाई मंगलबार विहान प्रहरीले सातदोबाटोबाट पक्राउ गरी सिआईबीको हिरासतमा राखेकोछ।

ओखलढुंगाकै स्थानीय उज्जन कुमार श्रेष्ठ हत्या मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर भएका ढुंगेल लामो समयदेखि प्रहरीकै अगाडि फरार सूचीमा थिए। सर्वोच्च अदालतमा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका बालकृष्ण ढुंगेललाई एक हप्ताभित्र गिरफ्तार गरी कारागार चलान गर्नु भन्ने आदेश कार्यान्वयन नभएको भन्दै महानिरीक्षक अर्याल समेत विरुद्ध गत कात्तिक ८ गते अदालतको अवहेलना गरिएको भन्दै सर्वोच्चमा मुद्दा परेपछि प्रहरी उनलाई पक्राउ गर्न तातेको हो।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);