ढुंगेलको पक्राउ शान्ति सम्झौताविरुद्ध : माओवादी केन्द्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

ढुंगेलको पक्राउ शान्ति सम्झौताविरुद्ध : माओवादी केन्द्र

काठमाडौँ, १४ कात्तिक । माओवादी केन्द्रले बालकृष्ण ढुंगेलको पक्राउ शान्ति सम्झौताविरुद्ध रहेको प्रतिक्रया दिएको छ । ढुंगेलको पक्राउ शान्ति सम्झौताविरुद्ध रहेको भन्दै माओवादीले तत्काल रिहाइको माग समेग गरेको छ ।

माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले पक्राउपछि पत्रकारसँग कुराकानी गर्दै यस्तो टिप्पणी गरेकी हुन् । उनले भनिन्, “द्वन्द्वकालीन मुद्दा सत्य तथा मेलमिलाप आयोगबाटै समाधान गरिने शान्ति सम्झौताको मर्मविपरीत बालकृष्ण ढुंगेललाई पक्रिनु निन्दनीय छ । उहाँको तत्काल रिहा गरिनुपर्छ।”

ढुंगेलको पक्राउले निर्वाचन नगर्ने षड्यन्त्र हुनसक्ने उनले आशंका गरिन् । नेपाल प्रहरीको सिआइबीले ढुंगेललाई ललितपुर, सातदोबाटोस्थित उनको डेराबाट आज पक्राउ गरेको थियो ।

वाइसिएल पनि आक्रामक

यसैगरी माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेल पक्राउ परेपछि पार्टीको भातृ संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल) पनि आक्रामक भएको छ ।

ढुंगेललाई तत्काल रिहा नगरिए देशभरका ७७ वटै जिल्लामा द्वन्द्वकालीन मुद्दाहरु ब्यूँताएर कांग्रेस र राप्रपाका नेताहरुमाथि मुद्दा दायर गर्ने वाइसिएलले विज्ञप्तीमार्फत चेतावनी दिएको छ । द्वन्द्वकालीन घटनामा संलग्न नेपाली कांग्रेस र राप्रपाका नेताहरुमाथि मुद्दा दायर गर्ने पहलकदमी लिन वाइसिएलका मातहतका जिल्ला समितिहरुलाई निर्देशित दिएको छ ।

काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएरपछि उनलाई अदालतको आदेशमा डिल्लीबजार कारागार चलान गरिएको छ । ओखलढुंगाकै स्थानीय उज्जन कुमार श्रेष्ठ हत्या मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर भएका ढुंगेल लामो समयदेखि प्रहरीकै अगाडि फरार सूचीमा थिए।

वाइसिएलले जारी गरेकाे विज्ञप्ती :

 

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);