कांग्रेसको टिप्पणी निरर्थक र औचित्यहीन : गठबन्धन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कांग्रेसको टिप्पणी निरर्थक र औचित्यहीन : गठबन्धन

काठमाडौं, १४ कात्तिक । नेपाली कांग्रेसले आफ्नो चुनावी घोषणापत्रमा वाम गठबन्धनबारे गरेको टिप्पणीलाई एमाले र माओवादीले औचित्यहीन भनेका छन् ।

चुनावी घोषणापत्रमा मुलुक विकासका योजना र ती योजना कार्यान्वयन गर्ने प्रतिबद्धता भन्दा बढी विपक्षीको आलोचना गरेको भन्दै एमाले र माओवादीका नेताहरुले कांग्रेसको चुनावी घोषणापत्र नै निरर्थक भएको टिप्पणी पनि गरेका छन् ।

माउण्टेन टेलिभिजनसँगै कुरा गर्दै एमाले नेता सूर्य थापाले वाम गठवन्धनको चुनावी गतिविधिबाट कांग्रेस आत्तिएको भन्दै घोषणापत्रमा वाम गठबन्धनलाई लगाएको आरोपको खण्डन गर्न समेत आवश्यक नरहेको टिप्पणी गरे ।

यस्तै माओवादी केन्द्रका नेता हरिवोल गजुरेलले कांग्रेसको टिप्पणीलाई एक्लिदाको पीडा भएको संज्ञा दिए ।

नेपाली कांग्रेसले आगामी निर्वाचनलाई लक्षित गरी सार्वजनिक गरेको घोषणापत्रमा एमालेलाई राष्ट्रिय एकता तथा समृद्धीको बाधक र माओवादी केन्द्रलाई अवसरवादीको संज्ञा दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);