कांग्रेसको घोषणपत्र : राज्य चलाउन एमाले असफल, संसद विघटन गर्दैनाैँ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

कांग्रेसको घोषणपत्र : राज्य चलाउन एमाले असफल, संसद विघटन गर्दैनाैँ

काठमाडौं । नेपाली कांग्रेसले आसन्न निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । शनिबार कांग्रेसले ५२ पेज लामो घोषणापत्र सार्वजनिक गरेको हो । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सभापति शेरबहादुर देउवासहितका नेताहरुको उपस्थितिमा आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको हो ।  राज्य सञ्चालन गर्न एमाले असफल भएको आरोप लगाएको कांग्रेसको घोषणापत्रमा संसद विघटन नगर्ने प्रतिबद्धता पनि जनाएको छ ।  ‘प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी प्रतिबद्धता’ नाम दिइएको कांग्रेसको घोषणापत्रमा दलीय विवादका कारण संसद विघटन गर्नेजस्ता असंवैधानिक र अलोकतान्त्रिक कदम कांग्रेसले नचाल्ने प्रतिबद्धता जनाइएको हो ।  दलीय विवादका कारण संसद विघटन गर्नेजस्तो अलोकतान्त्रिक र असंवैधानिक कदम नचाल्ने प्रतिवद्धता जनाइएको घोषणापत्रमा
सार्वजनिक संस्थाहरूलाई दलीय हस्तक्षेपबाट मुक्त गर्ने, नियुक्ति गर्दा विषयगत क्षमता र योग्यता हेर्ने, नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम’लाई १०० दिन भित्रै विस्तार गरी कार्यान्वयन गर्ने जस्ता विषय समेटिएको छ ।

यसैगरी, सरकारी सम्पत्तिको दुरूपयोग तथा प्राकृतिक स्रोत–साधनको दोहन गर्न नदिने,  स्वार्थले द्वन्द्व सृजना हुने कुनै पनि निर्णय वा नीतिगत प्रक्रियामा संलग्न नहुने पनि कांग्रेसको घोषणापत्रमा उल्लेख गरिएको छ ।

महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वमा रहेको ४१ सदस्यीय घोषणापत्र लेखन समितिले तयार पारेको घोषणपत्र सार्वजनिक गरिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);