प्रतिनिधिसभा विघटनविरुद्ध देशैभर प्रदर्शन गर्न सभापति देउवाको अपील | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

प्रतिनिधिसभा विघटनविरुद्ध देशैभर प्रदर्शन गर्न सभापति देउवाको अपील

deuba11

काठमाडौं, ११ पुष । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनविरुद्ध पुस १३ गते देशैभर प्रदर्शन गर्न अपिल गर्नुभएको छ ।

शनिबार अपिल जारी गर्दै सभापति देउवाले पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले गरेको निर्णयअनुसार देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शन गर्न आह्वान गर्नुभएको हो ।

नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेकोले त्यसविरुद्धको आन्दोलनमा सहभागिताका लागि सभापति देउवाले सबैलाई आग्रह गर्नुभएको छ । उहाँले संविधानमा भएको ब्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्यविरुद्ध नेपाली कांग्रेस सम्पूर्णरुपले एकमतका साथ उभिएको समेत प्रष्ट्याउनु भएको छ ।

पार्टी निर्णअनुसार कांग्रेसको ध्यान प्रदर्शनमा रहेको देउवाले अपिलमा उल्लेख गर्नु भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);