कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं, १३ माघ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा मुख्यगरी प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा तेस्रो चरणमा आन्दोलनका कार्यक्रम घोषणा गर्ने विषयमा छलफल हुने नेताहरूले बताइएको छ ।

साथै कांग्रेसको १४ औं महाधिवेशनबारे पनि छलफल हुने नेताहरुले जनाएका छन् । यस्तै प्रदेशहरूमा पार्टी सरकारमा जाने वा नजाने भन्ने पनि केन्द्रीय समितिमा छलफलको विषय छ ।

केन्द्रीय समिति बैठक बस्नुअघि सोमबार वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका केन्द्रीय सदस्यहरू महामन्त्री शशांक कोइरालाको निवासमा छलफलमा गरेका थिए ।

प्रधानमन्त्री ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गर्नुलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको कांग्रेसले दुई चरणका आन्दोलनका कार्यक्रम सम्पन्न गरिसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);