कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि जारी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि जारी

काठमाडौं, ९ पुष । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि जारी छ । पार्टी कार्यालय ललितपुरको सानेपामा जारी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेकोमा त्यसबारे आधिकारिक धारणा तय गर्ने बताइएको छ ।

यद्यपि कांग्रेसको यस अघिको पदाधिकारी बैठकले प्रतिनिधिसभा बिघटनको कदमलाई असंवैधानिक भनिसकेको छ । मंगलबारदेखि जारी केन्द्रीय समिति बैठकमा कतिपय केन्द्रीय सदस्यले प्रतिनिधि सभा बिघटनलाई असम्बैधानिक कदम भनेका छन भने कतिपयले निर्वाचनमा जानु पर्ने बताएका छन ।

पदाधिकारी बैठकले प्रधानमन्त्रीको कमदलाई असंवैधानिक भनिसकेकाले केन्द्रीय समितिले त्यसमा थप धारणा तय गरेर आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);