कांग्रेस केन्द्रीय समिति बैठकमा प्रतिनिधि सभा विघटनपछिको परिस्थितिबारे छलफल | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

कांग्रेस केन्द्रीय समिति बैठकमा प्रतिनिधि सभा विघटनपछिको परिस्थितिबारे छलफल

काठमाडौं, ७ पुष । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक मंगलबारदेखि शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि उत्पन्न परिस्थिति र आगामी रणनीति तय गर्न कांग्रेस केन्द्रीय समिति बैठक मंगलबारदेखि पार्टी कार्यालय सानेपामा शुरु भएको हो ।

मंगलबारको बैठकपछि संचारकर्मीसंग कुराकानी गर्दै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिनिधि सभा बिघटनको कदम पार्टी पदाधिकारी बैठकले यसअघिनै असम्बैधानिक भनिसकेको र थप धारणा निर्माण गर्नका लागि केन्द्रीय कार्यसमिति बैठक बसेको बताउनुभयो ।

कांग्रेसले प्रतिनिधि सभा बिघटन प्रधानमन्त्री ओलीमा उत्पन्न अधिनायक आकांक्षाको प्रतिरुप भएको पनि बताएको छ । प्रधानमन्त्री ओलीको कदमले स्थिरताको सन्दर्भमा संविधानमा गरिएको व्यवस्थालाई ध्वस्त पारेको पनि प्रवक्ता शर्माले बताउनुभयो ।

संविधानले निर्दिष्ट गरेको प्रक्रिया भन्दा बहिर गएर प्रतिनिधिसभा विघटन गर्नपाउने अधिकार प्रधानमन्त्रीसँग नरहेको पनि प्रवक्ता शर्माको भनाई छ । बैठक बुधबार पनि बस्नेछ । देशको पछिल्लो बिकसित राजनीति घटनाक्रममका कारण बैठक केही दिन लम्बिने बतायएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);