युरोपमा नेता ढुंगेल पक्राउको विरोध | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

युरोपमा नेता ढुंगेल पक्राउको विरोध

balkrishna

काठमाण्डौँ, १५ कार्तिक । अदालतले हत्यारा सावित गरेको माओवादी केन्द्रका पूर्व सभासद् बालकृष्ण ढुंगेल पक्राउको विषयलाई लिएर युरोपमा विरोध भएको छ ।

नेपाली जनप्रगतिशीलमञ्च यूरोपले नेता ढुंगेललाई पक्राउ गर्नु निन्दनीय कार्य रहेको भन्दै बिरोध जनाएको हो ।

मञ्चले एक विज्ञप्ति जारी गर्दै मुलुक संबिधान कार्यान्वयनका लागि प्रतिनिधि र प्रदेससभाको निर्बाचनमा होमिइसकेको अबस्थामा सरकारले माओबादी नेता ढुंगेललाई पक्राउ गर्नु चुनाबी प्रकृयालार्इ असर पार्ने षड्यन्त्र भएको बताएको छ ।

विज्ञप्तिमा भनिएको छ– ‘जनताबाट जनताका लागि संबिधान बनाउने महान अभियान, संघिय गणतान्त्रिक नेपाल बनाउने महान अभियान,संघिय मुलुक , धर्म निरपेक्षता, सार्बभौमिकताका योद्धा माथि मुलुकको संक्रमणकालिन समयमा बिभिन्न मुद्दा या अन्य कुनै बहानामा पक्राउ गर्नु या आरोपित गर्नु निन्दनीय कार्य हो र उक्त कार्यको घोर भर्त्सना गर्दछौँ ।

नेता ढुंगलेलाई अदालतले दोषी ठहर गरेको ८ वर्षपछि मंगलबार ललितपुरको सातदोबाटोबाट पक्राउ गरिएको हो । पहिले जेल बसेको अवधि कट्टा गरेर ढुंगेलले अब १२ बर्ष पाँच महिना २२ दिन जेल भुक्तान गर्नुपर्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);