माओवादी नेता बालकृष्ण ढुंगेल सदरखोरमा, यस्तो छ जेल सजायँ | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

माओवादी नेता बालकृष्ण ढुंगेल सदरखोरमा, यस्तो छ जेल सजायँ

balkrishna

काठमाडौं, १५ कार्तिक । कर्तव्य ज्यानसम्बन्धी मुद्दामा सर्वोच्च अदालतद्वारा सर्वश्वसहित जन्म कैदको सजाय सुनाइएका माओवादी केन्द्रका सभासद् बालकृष्ण ढुंगेल फैसलाको आठ बर्षपछि पक्राउ परेका छन्। ढुंगेललाई नेपाल प्रहरीको अपराध अनुसन्धान व्यूरो (सिआइवी) को टोलीले मंगलबार विहान साढे ११ बजे ललितपुरको सातदोबाटोबाट समातेको हो।

पक्राउपछि ढुंगेललाई फैसलाको लगत कस्न काठमाडौं जिल्ला अदालतको तहशिल शाखामा लगिएको थियो। द्वन्द्वकालमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या प्रकरणमा मुछिएका ढुंगेललाई सर्वोच्चले २०६६ साल पुस १९ गते सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो। त्यसयता ढुंगेल प्रहरीको फरार सूचीमा थिए। काठमाडौं जिल्ला अदालतका फैसला कार्यान्वयन अधिकारी ध्रुबकुमार ढकालले पहिले जेल बसेको अवधि कट्टा गरेर ढुंगेल १२ बर्ष पाँच महिना २२ दिन जेल भुक्तान गर्नुपर्ने बताए।

‘सिआइवीबाट पक्राउपछि फैसला कार्यान्वयनका लागि ल्याइएको थियो। उहाँले आफु मृगौलाको विरामी भई डायलासिसमा रहेको भनेपछि सुविधाका दृष्टीले डिल्लिबजार सदर खोर पठाइएको छ,’ अधिकारीले भने। ढकालका अनुसार फैसला कार्यान्वयनका लागि ओखलढुंगा जिल्ला अदालतमा रहेको लगत खिचेर कारागार चलान गरिएको हो। ‘अहिले कैदका लागि कारागार पठाइएको हो। मुलुकी ऐन दण्ड सजायको महल अनुरुप सर्वश्व गर्ने प्रक्रिया बाँकी नै छ। यसपछि मात्र त्यो प्रक्रिया शुरु हुन्छ,’ उनले भने। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);