अपडेट : मलेसिया बस दुर्घटनामा तीन जना नेपाली घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौं, ७ कार्तिक । मलेसियामा आज मंगलबार बिहान भएको बस दुर्घटनामा तीन जना नेपाली घाइते भएका छन्। उनीहरुको पहिचान गरेर जानकारी गराउने मलेसियास्थित नेपाली दूतावासले जनाएको छ।

दुर्घटनामा ८ जना महिला कामदारको ज्यान गएपनि नेपाली नपरेको दूतावासले जनाएको छ। सोनी कम्पनी र प्लेक्सस कम्पनीको बस नर्थ साउथ एक्सप्रेसवेको जुरुटोल प्लाजा नजिक ठोक्किँदा ३३ जना घाइते भएका छन्।

२३ जनाको अवस्था गम्भिर छ। नेपाली र इन्डोनेसियन कामदार बोकेर कम्पनीतर्फ जाँदै गरेको बसमा समस्या आएपछि सडकको देब्रेपटि रोकिएको बसमा अर्को कम्पनीको बसले ठक्करदिँदा ६ जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा ज्यान गएको थियो।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);