युएइको आबुधाबीमा सवारी दुर्घटनामा परि ३ जना नेपालीको ज्यान गएको पुष्टि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

युएइको आबुधाबीमा सवारी दुर्घटनामा परि ३ जना नेपालीको ज्यान गएको पुष्टि

UAE accident

काठमाडौं, ०३ माघ । युएइको आबुधाबीमा सवारी दुर्घटनामा परि ३ जना नेपालीको ज्यान गएको पुष्टि, घाइते १४ जना नेपालीको विभिन्न अस्पतामा उपचार हुदै ।

एमबीएम कम्पनीमा कार्यरत नेपाली चढेको बस बिहीबार अल रहा भन्ने स्थानमा दुर्घटना भएको थिए । गुडिरहेको लरीमा ठोक्किएर भएको दुर्घटनामा ६ को मृत्यु भएकोमा ३ नेपाली रहेको युएई स्थित नेपाली दूतावासले पुष्टि गरेको हो । ज्यान गुमाउनेमा झापाकी कृष्णकुमारी अधिकारी, प्यूठानकी भावना कुँवर र ठैगाना खुल्न नसकेकी अमिसा मोक्तान तामाङ रहेको नेपाली दूतावासले जनाएको छ ।

उक्त दुर्घटनामा १४ जना नेपाली घाइते भएका छन् । घाइतेहरुको आबुधाबी स्थित अस्पताहरुमा उपचार भइरहेको बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);