आप्रवासी दिवस, नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रम गरी मनाइदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८३, सोमबार

आप्रवासी दिवस, नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रम गरी मनाइदै

aaprabasi meeting

काठमाडौं, २ पुस । आज डिसेम्बर १८ अर्थात् आप्रवासी दिवस, नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रम गरी मनाइदै ।

सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरुका परिवारको हक अधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसंघले अन्तर्रा्ष्ट्रिय महासन्धि पारित गरेको अवसर पारेर हरेक बर्ष डिसेम्बर १८ लाई अन्तर्रा्ष्ट्रिय आप्रवासी दिवसका रुपमा मनाउन थालिएको हो ।

यस दिवसका अवसरमा नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाहरुले आप्रवासी श्रमिकहरुको अधिकार सुनिश्चतता सम्बन्धि चर्चा गर्ने गरिन्छ । आज कामका लागि बाहिरिन लागेका कामदारहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा औपचारिक रुपमा विदा गर्ने गरिन्छ ।