सरकारलाई उपकुलपतिको चुनौती | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

सरकारलाई उपकुलपतिको चुनौती

kulprasad koirala

दाङ, १९ साउन । क्यानाडामा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन जाने क्रममा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति डा. कुलप्रसाद कोइराला नियन्त्रणमा लिइए ।

अनुमतिबिनै क्यानाडा जान लागेको भनेर पक्राउ गरिएका डा.कोइरालामाथि सरकारले गरेको व्यवहारको सर्वत्र निन्दा भयो। उपकुलपतिमाथि राज्यबाट ठूलो अपमान भएको चर्चा भयो । उनै कोइरालालाई सरकारले छानबिनको दायरामा उभ्याएको छ। सरकारले उनीमाथि छानबिनका लागि एक समिति गठन गरेको छ। शिक्षा मन्त्रालयले डा.कोइरालामाथिको छानबिनका लागि प्राध्यापक डा. राममान श्रेष्ठको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति बनाएको छ।

उपकुलपति कोइरालाले यसलाई सरकारको ‘तुष पोख्ने प्रपञ्च’ रहेको बताएका छन्। आफूलाई विमानस्थलबाट पक्राउ गरेपछि भएको सर्वत्र आलोचनालाई ढाकछोप गर्नका लागि आफूमाथि छानबिनको अवस्थामा सरकार पुगेको उनको भनाइ छ। आफूमाथि छानबिन गरेर कुनै कमजोरी फेला पार्न सकिए सरकार विगतको आलोचनाबाट चोखो हुुने र मलाई कारबाही गरेर तुष मेट्ने प्रपञ्च रचेको उनले बताए।

विमानस्थलबाट पक्राउ परेपछि उनले सरकारविरुद्ध कडा टिप्पणीसमेत गरेका थिए। ‘मलाई प्रहरी लगाएर विमानस्थलबाट पक्राउ गरिएपछि सरकारको ठूलो आलोचना भयो, अनि मैले पनि सरकारका विरुद्ध कडा टिप्पणी गरेँ,’ उनले भने, ‘अब ममाथि छानबिन गरेर कुनै दोष भेटाउन सकिए पुरानो आलोचना मेटिन्छ भन्ने सरकारको प्रयत्न हो। ममाथि छानबिन होस्, म स्वागत गर्छु।’ उनले आफू दोषी प्रमाणित भए जस्तोसुकै कारबाही भोग्न तयारसमेत रहेको बताए।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);