संसदमा एमालेको अडान कायमैः उच्चस्तरीय छानबिन समिति नबनाएसम्म संसद अघि बढ्दैन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

संसदमा एमालेको अडान कायमैः उच्चस्तरीय छानबिन समिति नबनाएसम्म संसद अघि बढ्दैन

काठमाडौं । राष्ट्रिय सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बिरोध कायम राखेको छ ।

प्रमुख प्रतिपक्ष दल एमालेले सय किलो सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म संसद अघि बढ्न नसक्ने अडानसहित आजको बैठकमा पनि संसद अवरोध गरेको हो । बैठकमा बोल्दै नेकपा एमाले राष्ट्रिय सभाका संसदीय दलका उपनेता भैरवसुन्दर श्रेष्ठले सरकारले सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने बताउनु भयो ।

उहाँले विमानस्थलबाट त्यत्ति ठूलो मात्रामा भएको सुन तस्करीका कारण अन्तर्राष्ट्रिय स्तरमा नेपालको इज्जतमाथि दाग लागेको बताउनु भयो । उहाँले यस प्रकरणमा जोसुकै व्यक्ति संलग्न भएपनि ति व्यक्तिलाई कानूनको दायरामा ल्याउनुपर्ने बताउनु भयो ।

उहाँले सरकार यस प्रकरणमा गम्भीर हुन नसकेको बरु अहिले नयाँ तथ्यहरु बाहिर आइरहेको बताउनु भयो । उहाँले सत्यतथ्य छानबिनका लागि उच्चस्तरीय छानबिनको माग गर्दै सरकार दोषीलाई कारबाही गर्न उच्चस्तरीय छानबिन समिति बनाउन तयार नभएसम्म संसद अघि बढ्न नसक्ने स्पष्ट पार्नुभयो ।

साउन २२ गते दिउँसो १ बजे बस्नेगरी आजको राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);