राजपाले संसदीय दलको नेता एक हप्ताभित्र चयन गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

राजपाले संसदीय दलको नेता एक हप्ताभित्र चयन गर्ने

rajapa meet

काठमाडौं, २५ असार । राष्ट्रिय जनता पार्टी नेपालले एक हप्ता भित्र पार्टी संसदीय दलको नेतासहितका पदाधिकारी चयन गर्ने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकले एक हप्ता भित्र दलको नेतासहितका पदाधिकारी चयन गरिसक्ने निर्णय गरेको हो ।

बैठकले पार्टी संसदीय दलको विधानलाई टुंगो लगाउन मंगलबार दिउँसो १२ बजेसम्म सांसदहरुलाई आवश्यक सुझाव दिने समयसीमा पनि तोकेको छ । संसदीय दलको विधानको मस्यौदालाई अन्तिम रुप दिने वित्तिकै दलको नेतासहितका पदाधिकारी चयनको काम सुरु गर्ने कार्यतालिका तय गरिएको नेता राजकिशोर यादवले जानकारी दिए ।

बैठकमा संसदमा पार्टीको भूमिकालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा पछि छलफल भएको थियो । आईतबार बसेको पार्टीको अध्यक्ष मण्डलको बैठकले संविधान संशोधन गर्नका लागि सरकारलाई दबाब दिने निर्णय गरेको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);