दाहाल–नेपाल नेकपाद्धारा प्रधानमन्त्री ओलीलाई संसदीय दलको नेताबाट हटाउने निर्णय | ईमाउण्टेन समाचार

Our Network

असोज २ २०८३, शनिबार

दाहाल–नेपाल नेकपाद्धारा प्रधानमन्त्री ओलीलाई संसदीय दलको नेताबाट हटाउने निर्णय

काठमाडौं, १९ फागुन । दाहाल–नेपाल नेकपाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यलय पेरिस डाँडामा बसको सो पार्टीको स्थायी समिति बैठकले यस्तो निर्णय गरेको हो।

सो निर्णय अनुमोदनका लागि केहीबेरमा केन्द्रीय समितिको बैठक बस्दैछ। केन्द्रीय समितिले अनुमोदन गरेपछि सो कार्यन्वयनका लागि संसदीय दलको बैठक बोलाईने छ। दलको बैठकमा अविश्वासको प्रस्ताव पास भएपछि अर्को नेता चयन हुन्छ।

गत पुस ५ गते प्रधानमन्त्री ओलीले राष्ट्रपति मार्फत संसद विघटन गरेपछि एकले अर्कालाई कारवाही गर्ने र निष्कासन गर्ने क्रम बढेको छ।

Leave a Reply

ताजा समाचार