दाहाल–नेपाल नेकपाले गर्‍यो थप सात नेतालाई कारवाही | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८०, सोमबार

दाहाल–नेपाल नेकपाले गर्‍यो थप सात नेतालाई कारवाही

काठमाडौं, १९ फागुन । दाहाल–नेपाल नेकपाले प्रधानमन्त्री ओली पक्षका थप ७ नेतालाई कारवाही गरेको छ ।

बुधबार जारी सो पार्टीको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको स्थायी समिति सदस्य वर्षमान पुनले जानकारी दिएका छन् । बैठकले उनीहरु माथि पार्टी हितपिरित गतिविधिमा संलग्न भएको आरोप लगाइएको छ।

यसरी कारवाही गरिएका नेताहरुमा संसदीय दलका उपनेता सुवास नेम्बाङ, सचेतक शान्ता चौधरी, प्रमुख सचेतक विशाल भट्टराई, केन्द्रीय सदस्य महेश बस्नेत, सूर्य थापा, प्रभु शाह र कर्ण थापा रहेका छन् ।

बुधबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाउने एजेण्डा छ । पार्टी केन्द्रीय कार्यलय पेरिस डाँडामा बसको सो पार्टीको स्थायी समिति बैठकले यस्तो निर्णय गरेको हो ।

यस अघि बसेको स्थायी समितिको बैठकले प्रधानमन्त्री ओललिाई संसदीय दलको नेताबाट हटाउने निर्णय गर्दै त्यसलाई केन्द्रीय समितिको बैठकमा पेश गर्ने निर्णय गरेको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);