साँफेबगरका मेयर र उपमेयरले गरे समाजवादीमा सनाखत | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

साँफेबगरका मेयर र उपमेयरले गरे समाजवादीमा सनाखत

अछाम । अछामको साँफेबगर नगरपालिकाका मेयर र उपमेयरले नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका छन् । मेयर कुलबहादुर कुवँर र उपमेयर बिर्मला बुढथापाले जिल्ला निर्वाचन कार्यालय पुगेर समाजवादीमा सनाखत गरेका हुन् ।

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमालेबाट अलग भएर नेकपा (एस) पार्टी दर्ता गरेसँगै उनीहरुले पनि समाजवादीमै रहेको सनाखत गरेर पुष्टि गरेका छन् । नगर प्रमुख कुवँर र उपप्रमुख बुढथापासँगै मेल्लेख र चौरपाटी गाउँपालिकाका केही जनप्रतिनिधिले पनि समाजवादीमा सनाखत गरेका छन् ।

यसअघि चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्कबहादुर साउदले पनि सामाजवादीमा सनाखत गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);