कहाँ कतिले लोसपामा सनाखत गरे ? | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

कहाँ कतिले लोसपामा सनाखत गरे ?

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको पक्षमा केन्द्रीय कार्यकारिणी सदस्य १७ जना, संघीय सांसद १५ जना (रेशम चौधरीसहित) लोकतान्त्रिक समाजवादी पार्टीमा सनाखत गरेका छन् ।

यसरी नै प्रदेशतर्फ प्रदेश २ मा १६ जना, लुम्बिनी प्रदेशमा तीन जना, सुदूरपश्चिममा एक जनाले लोसपामा सनाखत गरेका छन् ।

स्थानीय तहतर्फ सप्तरीमा ९६, सिरहामा १२, धनुषामा १०९, महोत्तरीमा २५८, सर्लाहीमा १३७, रौतहटमा ८८, बारामा १३८, पर्सामा २८, रूपन्देहीमा २० र कपिलवस्तुमा एक जनाले लोसपामा सनाखत गरेका बताइएको छ ।

लोसपाको पक्षमा कहाँ कति मेयर र उपमेयरले गरे सनाखत ?
लोकतान्त्रिक समाजवादी पार्टी नेपालको पक्षमा विभिन्न जिल्लामा १८ जना मेयर र २७ जना उपमेयरले सनाखत गरेका छन् । लोसपाको पक्षमा सप्तरीमा एक मेयर र तीन उपमेयर, धनुषामा एक मेयर र दुई उपमेयर, महोत्तरीमा ६ मेयर र १० उपमेयरले सनाखत गरेका छन् ।

यस्तै सर्लाहीमा पाँच मेयर, बारामा तीन मेयर र पाँच उपमेयर, पर्सामा दुई उपमेयर, रुपन्देहीमा एक मेयर र १ उपमेयरले लोसपा रोजेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);