उपेन्द्र घिमिरे र कृष्णकुमारी राईले पनि एकीकृत समाजवादीको पक्षमा सनाखत गरे | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

उपेन्द्र घिमिरे र कृष्णकुमारी राईले पनि एकीकृत समाजवादीको पक्षमा सनाखत गरे

विराटनगर । प्रदेश १ का सांसद उपेन्द्र घिमिरे र कृष्णकुमारी राईले नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन् ।

एमालेबाट अलग भएर नेकपा एकीकृत समाजवादी गठन गरेपछि संघीयदेखि प्रदेशसभा सचिवालयमा सांसदहरुले आफ्नो दल रोजिरहेका छन् ।

सोहीक्रममा उनीहरु बुधबार निर्वाचन आयोगमा पुगेर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् । प्रमाणपत्र हराएकाले उनीहरुले ढिलो गरी सनाखत गरेका हुन् ।

यसअघि आठ जना सांसदले सनाखत गरिसकेका छन् ।

दल विभाजन अध्यादेशअनुसार प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनभित्र दल रोज्ने समयसीमा छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);