सुनसरीमा २९९ जनप्रतिनिधिमध्ये ६ जनाले रोजे एकीकृत समाजवादी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सुनसरीमा २९९ जनप्रतिनिधिमध्ये ६ जनाले रोजे एकीकृत समाजवादी

सुनसरी । सुनसरीमा नेकपा एमालेबाट निर्वाचित २९९ जना जनप्रतिनिधिमध्ये ६ जनाले नेकपा (एकीकृत समाजवादी) रोजेका छन् ।

उनीहरूले मंगलबार जिल्ला निर्वाचन कार्यालय सुनसरीमा पुगेर सनाखत गरेको जनाइएको छ ।

नेकपा (एस)मा सनाखत गर्नेमा इटहरी उपमहानगरपालिका कार्यपालिका सदस्य गौरीमान परियार र वडा– २ का सदस्य सन्तोष राई, धरान उपमहानगरपालिका कार्यपालिका सदस्य कैलास अग्रवाल छन् ।

यस्तै, बराहक्षेत्र नगरपालिका– ७ का वडा सदस्यहरू पर्शुराम आचार्य र सुष्मा परियार, इनरुवा नगरपालिका– ६ का वडा सदस्य राजेश दाहालले पनि नेकपा (एस) रोजेका छन् । दाहाल हाल प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको वडाका वडा सदस्य तथा छिमेकी हुन् ।

दल रोज्ने समय मंगलबार सकिएसँगै नेकपा एमाले नै सुनसरीमा बलियो देखिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);