ताप्लेजुङका १३ जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

ताप्लेजुङका १३ जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी

ताप्लेजुङ । नेकपा एमालेबाट निर्वाचित ताप्लेजुङका स्थानीय तहका जनप्रतिनिधिहरूले पार्टी परित्याग गर्दै नयाँ दल एकीकृत समाजवादी रोज्न थालेका छन् ।

सोमबार मेरिङदेन गाउँपालिका उपध्यक्ष कल्पना तुम्बाहाङफे, मेरिङदेन गाउँपालिका—३ का वडा अध्यक्ष गणेशप्रसाद भण्डारीसहित गाउँपालिका सदस्य गौमाया साँवा र फुङ्लिङ नगरपालिका जनप्रतिनिधि जितहाङ थालङ गरी चार जानले एकीकृत समाजवादी रोजेका छन् ।

हालसम्म १३ जनप्रतिनिधिले एमाले परित्याग गरेर एकीकृत समाजवादीमा सनाखत गरेको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ । आइतबार जिल्ला समन्वय समिति उपप्रमुख देवीमाया नेपाली र एक जना वडाध्यक्षसमेत गरि नौ जनाले एकीकृत समाजवादी रोजेका थिए ।

एकीकृत समाजवादी रोज्नेमा मेरिङ्देन गाउँपलिका–६ नाल्बुका वडाध्यक्ष ठाकुरसिंह लिम्बू, जिल्ला समन्वय समिति सदस्य निमातेन्जी शेर्पा, मेरिङ्देन गाउँपालिकाकै विभिन्न वडाका वडासदस्यहरू मानबहादुर लिम्बू, पूर्णबहादुर कामी, गजिन्द्रकुमार नाल्बो, दोर्जी शेर्पा, दिलमाया नेपाली र सूर्यमान बराइली रहेका छन् ।

मंगलबारसम्म जनप्रतिनिधिहरूले दल रोज्न पाउने समय भएकाले ताप्लेजुङमा अझै केही जनप्रतिनिधिले एमाले परित्याग गर्ने एकीकृत समाजवादीका मेरिङदेन गाउँपालिका प्रवक्ता तथा वडा सदस्य सुर्यमान बराईलीले दाबी गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);