काठमाडौं उपत्यका र यसका आसपासमा यस वर्षकै सबैभन्दा भारी वर्षा | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

काठमाडौं उपत्यका र यसका आसपासमा यस वर्षकै सबैभन्दा भारी वर्षा

काठमाडौं । काठमाडौं उपत्यका र यसका आसपासमा यस वर्षकै सबैभन्दा भारी वर्षा भएको छ ।

राति २ बजेदेखि काठमाडौ उपत्यकाका र त्यस आसपासका क्षेत्रमा मेघगर्जनसहित पानी परिरहेको हो । काठमाडौंमा पछिल्लो २४ घण्टामा १०५ मिलिमिटर वर्षा भएको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिएका छन् ।

यो बर्खा लागेपछि पहिलो पटक छोटो समयमा एकै पटक यति ठूलो वर्षा भएको पनि मौसमविद् अर्यालले बताए । पछिल्लो एक घण्टामा भक्तपुरको नगरकोटमा पनि ४१ मिलिमिटर पानी परेको छ ।

मनसुनी न्यून चापीय रेखा सामान्य अवस्था भन्दा तल रहे पनि बंगालको उत्तर पूर्वी भू–भागमा बनेको जलवाष्पयुक्त हावाको प्रभावले स्थानीय वायुको समेत विकास हुँदा मेघगर्जनसहित ठूलो पानी परेको मौसमविद्को भनाई छ ।

यस्तै, बंगालबाट आएको जलवाष्पयुक्त हावाकै प्रभावका कारण लुम्बिनी र २ नम्बर प्रदेशका धेरै ठाउँमा पनि पानी परिरहेको छ । आज दिनभरि नै मौसम बद्ली भइ धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);