उपत्यकामा वर्षमा ३२ सय किशोरीले गर्छन् गर्भपात | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौं, १६ मंसिर । उपत्यकामा बर्सेनि २० वर्षभन्दा मुनिका करिब साढे ३२ सय किशोरीले गर्भपतन गराउने गरेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंको तथ्यांकअनुसार असुरक्षित यौनसम्पर्कबाट बसेको गर्भ सुरक्षित रुपमा गर्भपतन गर्नेको संख्या धेरै बढेको छ।

जिल्ला जनस्वास्थ्य कार्यालका प्रमुख महेन्द्र श्रेष्ठले पछिल्लो समय असुरक्षित यौनसम्पर्कको दरसँगै सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै गएको बताए। सरकारमातहत दर्ता भएका स्वास्थ्य संस्थाले उपलब्ध गराएको तथ्यांकका आधारमा जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले एक प्रतिवेदन तयार पारेको छ।

प्रतिवेदनमा २० वर्षभन्दा कम उमेरका किशोरीले गर्भपतन गराउने दर आशातीत बढी रहेको उल्लेख छ। प्रमुख श्रेष्ठले परिवार र समाजको डरले गर्दा किशोरीहरु गर्भपतन गराउन निजी स्वास्थ्य संस्था जाने गरेको पाइएको बताए। – नयाँ पत्रिका दैनिकबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);