सुरक्षीत गर्भपतन गराउनेको संख्यामा वृद्धि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सुरक्षीत गर्भपतन गराउनेको संख्यामा वृद्धि

garbhapatan dadheldhura

डडेल्धुरा, २५ असोज । डडेल्धुरामा सुरक्षीत गर्भपतन गराउनेको संख्यामा वृद्धि भएको छ । जनचेतनाका साथै ग्रामिण क्षेत्रमा रहेका स्वास्थ्य चौकीकामा सहज रुपमा गर्भपतन गराउने सेवा विस्तार भए संगै डडेल्धुरामा सुरक्षीत गर्भपतन गराउनेको संख्यामा वृद्धि आएको हो ।

जिल्लामा रहेको उपक्षेत्रीय अस्पताल सहित जोगवुढा अस्पताल, स्वास्थ्य चौकीहरु लगाएत मेरीस्टोप सेन्टरमा सुरक्षीत गर्भपतन गराउँने गरेका छन् । जिल्लामा आर्थीक वर्ष २०७३-०७४ मा १ हजार ३ सय २५ जनाले सुरक्षीत गर्भपतन गराएका थिए, भने आर्थीक वर्ष २०७४-०७५ मा १ हजार ६ सय ४२ जनाले सुरक्षीत गर्भपतन गराएको जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ ।

पछिल्लो समय सरकारी स्वास्थ्य संस्थामा गोप्य रुपमा निःशुल्क गर्भपतन सेवा सञ्चालन भएकाले पनि स्वास्थ्य संस्थामा सेवा लिन आउनेको संख्या बढेको हो । जिल्लामा सरकारी तथा गैर सरकारी संघ संस्थाले सुरक्षीत गर्भपतनका वारेमा जनचेतना जगाउने गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);