चाडबाडमा भीड हुने झापाको धुलावारी बजार सुनसान | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

चाडबाडमा भीड हुने झापाको धुलावारी बजार सुनसान

खगेन्द्र घिमिरे

झापा, २५ असोज । कुनै समय पूर्वको झापाको धुलाबारी बजार अर्थात हङ्गकङ्ग बजार भनेपछि वुढापाका देखि युवापुस्ताको समेत ध्यान तान्ने गर्दथ्यो । अझ, दशैं तिहार जस्ता चाडपर्व आउन लागेपछि बजारमा पाईला राख्ने समेत ठाउँ हुँदैन थियो ।

तर, आजभोली यी सबै ग्राहक भारतीय बजार पानीट्याङ्घी, सिलिगुडी, नक्साल लगायतका ठाउँमा सामान किन्न जान थालेपछि धुलाबारी बजार सुनसान जस्तै भएको छ ।

कुनै वेला झापाको धुलावारी बजारमा चाडपर्वका वेला मानिसहरुको चहलपहल वेग्लै हुने गर्दथ्यो । दशंै लाग्ने वित्तिकै दुर्गम जिल्लाका ग्राहकदेखि दुरदराजका मानिसहरु यही बजारमा सामान किन्न आउँथे ।

चाडपर्वका वेला धुलाबारी मात्र होइन झापाका मुख्य बजारहरु बिर्तामोड, दमक, भद्रपुर, काँकरभिट्टामा पनि मानिसहरूको वेल्लै चहपहल हुने गर्दथ्यो । तर, अहिले यी बजारहरु सुनसान जस्तै भएका छन् ।

स्थानीयहरु नेपाली बजारमा भन्दा भारतीय बजारमा सस्तोमा सामान पाउन थालेपछि नेपाली बजारमा सुनसान भएको हो । नारायण पोदार, व्यापारी, झापा कुनै समय चीनबाट सोझै झापाका धुलाबारी बजारमा सामानहरू आयात हुने गरेका थिए ।

तर, आजभोली भारतीय बजारहरुमा सोही सामान यहाँको भन्दा सस्तो मूल्यमा पाउँने हुँदा नेपाली उपभोक्ताहरु भारतीय बजार जाने गरेको व्यापारीहरु बताउँछन् । यसरी व्यापार घट्नुको मुख्य कारण राज्यको कमजोर व्यापारिक नीति र स्थानीय राजनीतिक दलको सक्रियता पनि कम भएको व्यापारीको भनाई छ ।

यसरी पछिल्लो समयमा धुलाबारी बजारको व्यापार घट्न थालेपछि यहाँका धेरै मारवाडी समुदायका व्यापारीहरुले आफ्नो व्यापार भारतीय बजारमा सार्न थालेका छन् । कारोबारमा आएको मन्दीसँगै उनीहरू भारतीय बजार सिलिगुडि, दार्जलिंग लगायतका भारतीय बजारमा पलायन हुन थालेको मेची उद्योग वाणिज्य संघका महासचिव ऋषि राज तिम्सिनाले बताए।

झापाली अर्थतन्त्र र व्यापारको एक हिस्सा ओगटेको पुरानो बजार धुलाबारी यसरी सुस्त हुँदा अर्थतन्त्र र व्यापार चक्रमा समेत नकारात्मक असर परेको छ ।

करोडौंको व्यापार हुने बजारमा व्यापारमा आएका मन्दीको कारण यहाँको लगानी झापाका अन्य शहर र भारतीय बजारहरुमा विस्थापित हुँदा व्यापारीलाई मात्र होइन अव स्थानीय तह सञ्चालनमा मेचीनगर नगरपालिकालाई पनि नोक्सानी भएको छ ।

यसमा अन्य पक्षसंगै पहाडसँग जोडिएका बाटाहरु र भद्रपुर जोड्ने बाटोलाई निर्माण गर्न सके यो समस्या केही हदसम्म समाधान हुने व्यापारीहरु बताउँछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);