नेपाल र चीनबीच कोरोना बारे भिडियो कन्फरेन्स हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

नेपाल र चीनबीच कोरोना बारे भिडियो कन्फरेन्स हुँदै

nepal china

काठमाडौं, ७ चैत । कोरोना भाइरसको जोखिम न्यूनिकरण र अनुभव आदान प्रदानका लागि आज नेपाल र चीनबीच भिडियो कन्फरेन्स हुने भएको छ ।

आज दिउँसो ३ बजे प्रधानमन्त्री कार्यालय सिंहदरवारबाट हुने भिडियो कन्फ्रेन्समा नेपालसहित दक्षिण एशियाली देशहरुको सहभागिता रहने परराष्ट्र मन्त्रालयले जनाएको छ । भिडियो संवादमा स्वास्थ्य र परराष्ट्र मन्त्रालयका अधिकारीहरु सहभागि हुनेछन् । कन्फरेन्समा नेपालले सहयोग लिने सूचीको विषयमा पनि छलफल हुने बताइएकोछ । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि आवश्यक अनुभव आदानप्रदान र मेडिकल सहयोगको माग गर्दै नेपालले चीनलाई औपचारिक पत्राचार गरिसकेको छ ।

के के सामान जरुरत पर्छ भन्ने विषयको सूचि तयार भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । चीन सरकारले आवश्यक मेडिकलदेखि प्राविधिक जनशक्ति सहितको सहयोग दिने प्रस्ताव नेपाल सरकारलाई गरेको थियो । चीनको वुहान सहरबाट फैलिएको संक्रमणलाई चीन सरकारले लगभग नियन्त्रणमा ल्याइसकेको छ । अहिले चीनले इटाली, स्पेन र फ्रान्सलाई आवश्यक सामग्री र चिकित्सक पठाएर सहयोग गरिरहेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);