कोरोनाबाट बच्न सर्वोच्च पूर्ण बैठक बस्दै, सम्पुर्ण मुद्दाको सुनुवाइ स्थगन | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

कोरोनाबाट बच्न सर्वोच्च पूर्ण बैठक बस्दै, सम्पुर्ण मुद्दाको सुनुवाइ स्थगन

sarbachha adalat

काठमाडौं, ७ चैत । सर्वोच्च अदालतले कोरोनाको सम्भावित संक्रमणबाट बच्न पूर्ण बैठक बस्ने तय गर्दै आज मुद्दाको सुनुवाइ स्थगन गरेको छ ।

सर्वोच्च अदालतका अनुसार कोरोनाको सम्भावित संक्रमणलाई न्यूनीकरण गर्ने उपायका बारेमा प्रधानन्यायाधीशसहित सम्पूर्ण न्यायाधीशको पूर्ण बैठक बस्ने तय भएको हुनाले आजको सुनुवाइ स्थगन गरिएको हो । बैठकले अदालत बन्द गर्ने वा अति आवश्यक बाहेक अरु बन्द गर्ने भन्ने विषयमा निर्णय गर्नेछ । यसअघि सर्वाेच्च बार एशोसिएसनले विश्वभरी नै कोरोना फैलिरहेको अवस्थामा अत्यावश्यक कामबाहेक अन्य सेवा प्रवाह नगर्ने निर्णय गर्न सर्वोच्च अदालत समक्ष अपिल गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);