सर्वोच्च अदालतले मुद्दाको बहस–पैरवी भर्चुअल माध्यबाट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सर्वोच्च अदालतले मुद्दाको बहस–पैरवी भर्चुअल माध्यबाट

Sarbocha-Adalat

काठमाडौं । सर्वोच्च अदालतले मुद्दाको बहस–पैरवी भर्चुअल माध्यबाट सञ्चालन गर्ने जनाएको छ ।

शनिबार सर्वोच्चले एक विज्ञप्ति जारी गर्दे नयाँ प्रविधि भर्चुअल माध्यमबाट काम कारवाही सञ्चालन गर्न लागेको उल्लेख गरेको हो ।

सर्वोच्चले विज्ञप्ति निकालेर पूर्ण बैठकले १४ वैशाखमा गरेका निर्णयलाई १३ जेठसम्म जारी राख्ने र नेपालको संविधानको धारा १३३ र १३७ अन्तर्गत पर्न आउने जरूरी प्रकृतिका रिट निवेदनको दर्ता र सुनुवाइ सम्बन्धी कामकारबाही गर्ने निर्णय गरेको सहायक प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिएका छन ।

सर्वोच्चले उच्च अदालत, जिल्ला अदालत, अन्य अदालत र न्यायाधिकरणहरूले कोभिड संक्रमणको स्थानीय परिस्थिति विश्लेषण गरी निर्णय गर्नसक्ने निर्णय गरेको छ । साथै, सेवा संकुचन गरिएको यस अवधिमा कुनै पनि मुद्दाको हदम्याद, म्याद र तारेख नगुज्रने पनि सर्वोच्चको निर्णय छ।

सर्वोच्च अदालतले १४ वैशाखमा बन्दीप्रत्यक्षीकरणका मुद्दामा सुनुवाइ गर्ने निर्णय गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);