प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य | ईमाउण्टेन समाचार

Our Network

असोज २५ २०८३, सोमबार

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य

kp sharma oli

काठमाडौं, १६ कात्तिक । छातीमा समस्या देखिएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी ओलीलाई पूर्ण स्वास्थ्य लाभ भएको छ । खोकी सहितको ज्वरो समेत नियन्त्रणमा नआए पछि गत सोमबार बिहानदेखि महाराजगंज स्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीको शुक्रबार विहानको परिक्षणको रिर्पोटहरुले स्वास्थ्य अवस्था सामान्य देखाएको अस्पतालका कार्यकारी निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठले जानकारी दिए ।

यसैबीच, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल लगाएतका नेताहरुले सुक्रबार अस्पतालमै पुगेर प्रधानमन्त्रि ओलीको स्वास्थ्य अबस्था बारे जानकारी लिएका थिए ।

बिहिबारबाट प्रधानमन्त्री ओलीको छातीमा देखिएको संक्रमणमा पनि उल्लेख्य सुधार भएको थियो । चिकित्सकहरुले पूर्ण स्वास्थ्य लाभ गर्नु भएका प्रधानमन्त्री ओलीलाई केही दिन आराम गर्न पनि सुझाव दिईरहेका छन ।