नेवार जातिको अध्ययन तथा अनुसन्धानका लागि प्रतिष्ठान गठन गर्ने प्रधानमन्त्रीको घोषणा | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

नेवार जातिको अध्ययन तथा अनुसन्धानका लागि प्रतिष्ठान गठन गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेवार जातिको अध्ययन तथा अनुसन्धानका लागि प्रतिष्ठान गठन गर्ने घोषणा गर्नु भएको छ ।

नेपालको सभ्यता, संस्कृति, इतिहास, भाषा, कला र साहित्यका निम्ति नेवारहरुले गरेको अनवरत संघर्षको उच्च सम्मान गर्दै आफूले सो जातिको अध्ययन÷अनुसन्धानका लागि प्रतिष्ठान गठन गर्ने तयारी गरेको प्रधानमन्त्री दाहालको भनाई थियो । विश्व नेवार दिवसको अवसर पारेर शनिबार काठमाडौंको बसन्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले नेवार समूदायका लागि खोलिने सो प्रतिष्ठान सिंगो नेपालकै लागि हुने पनि स्पष्ट पार्नु भयो ।

प्रधानमन्त्री दाहालले नेपाल संवतलाई राष्ट्रिय संवतको मान्यता दिलाउने काम पनि आफू पहिलो पटक प्रधानमन्त्री भएको बेला गरेको स्मरण गराउनु भयो । उहाँले भन्नु भयो, ‘पहिलो चोटी प्रधानमन्त्री भएपछि नेपाल संवतलाई राष्ट्रिय संवतको मान्यता दिलाउनका लागि यही बसन्तुपुर डबलीबाट घोषणा गरेको थिए । र, नेवारहरुको सभ्यता, इतिहास र संस्कृतिको अनुसन्धान गर्न एउटा अनुसन्धान समिति वा अनुसन्धान प्रतिष्ठान बनाउन जरुरी छ भन्ने सुझाव यहाँ आएको छ । यसमा मेरो ध्यान गम्भिर रुपले आकर्षित भएको छ । नेपालको सभ्यता, संस्कृति र इतिहास, भाषा, साहित्य र कलाको निम्ति नेवारहरुले गरेको अनवरत संघर्षप्रति मेरो उच्च सम्मान रहेको छ । त्यसकारण म एउटा कुनै अध्ययन प्रतिष्ठान बनाउने कुरामा तपाईहरुको अगाडि प्रतिवद्धता व्यक्त गर्दछु । र, त्यो नेवारको मात्रै हुनेछैन । त्यो नेपालीहरुकै हुनेछ भन्ने विश्वास पनि म व्यक्त गर्न चाहन्छु । विश्वमै नगर सभ्यता सुरु गर्ने अग्रज समुदायमध्ये नेवार समुदाय पनि पर्दछ । यो हामी सबैका लागि गर्वको विषय हो ।’

प्रधानमन्त्री दाहालले नेवार समूदाय विश्वमै नगर सभ्यता सुरु गर्ने अग्रज समुदाय भित्र पर्ने उल्लेख गर्दै त्यो नेपाल र नेपालीका लागि गर्वको विषय भएको बताउनु भयो । उहाँले उत्पीडित जाति र समूदायको उत्थानका लागि संविधान संशोधन गर्दै अघि बढनुपर्ने पनि दोहो¥याउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);