नेपाल संवत्लाई राष्ट्रिय संवतको रुपमा मनाउन संकीर्णता देखाउन हुँदैन् : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

साउन ४ २०८१, शुक्रबार

नेपाल संवत्लाई राष्ट्रिय संवतको रुपमा मनाउन संकीर्णता देखाउन हुँदैन् : प्रचण्ड

काठमाडौं, २९ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल संवत्लाई राष्ट्रिय संवतको रुपमा मनाउन संकीर्णता देखाउन नहुने बताउनुभएको छ । मंगलवार ललितपुरमा आयोजित नेपाल संवत ११ सय ४४ को कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री प्रचण्डले नेपाल संवत्लाई राष्ट्रिय संवत्को रुपमा मान्यता दिलाउनको निम्ति नेवार समुदायले गरेको काम साहनिय रहेको भन्दै यसलाई सबै मिलेर मनाउनुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री प्रचण्डले नेपाल संवत्लाई राष्ट्रिय संवत् भनेर मात्रै नपुग्ने भन्दै सबै सरकारी दस्ताबेजहरुमा उल्लेख गर्न अनिवार्य गरिएको प्रष्ट पार्नुभयो ।

अर्को एक प्रसंगमा उहाँले सरकार सामाजिक न्याय र सुशासन तथा समृद्धिको नारामा केन्द्रित भएर काम गरिरहेको दाबी गर्नुभयो । वर्तमान सरकार सामाजिक न्याय, सुशासन तथा समृद्धितर्फ नागरिकलाई लैजाने दिशामा अग्रसर रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

राष्ट्रको सर्वोपरि हितलाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको प्रधानमन्त्री उहाँले दाबी गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);