सरकारलाई बदनाम गर्नेको प्रतिवाद गर्नुहोला : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सरकारलाई बदनाम गर्नेको प्रतिवाद गर्नुहोला : प्रचण्ड

prachanda

काठमाडौँ, १० कात्तिक । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सरकारलाई बदनाम गर्नेहरुको प्रतिवाद गर्न सबै समुदायलाई अपिल गर्नु भएको छ । दाहालले विभिन्न खालका परिवर्तन विरोधीहरुले कम्युनिष्ट नेतृत्वको सरकारलाई बदनाम गराउन रातदिन प्रयास गरिरहेको उल्लेख गर्दै प्रतिवाद गर्न सबै जाति, भाषा र संस्कृतिका समुदायलाई अपिल गर्नु भएको हो ।

आईतबार भक्तपुरमा आयोजित एक कार्यक्रममा अध्यक्ष दाहालले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा नेपाल संवतलाई राष्ट्रिय संवत घोषणा गरेपनि त्यसलाई व्यवहारिक कार्यान्वयनमा लैजान नसकेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गर्नु भयो । उहाँले नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा अघि बढाउन आफूले सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

अध्यक्ष दाहालले मुलुकलाई राजनीतिक स्थायित्व दिन दुई कम्युनिष्ट पार्टीबीच एकता गरिएको उल्लेख गर्दै पार्टी एकतालाई अझै सृदढ बनाउदै लैजाने अठोट पनि गर्नु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);