नेपाल संवत् ११४० देशभर विविध कार्यक्रम गरी मनाइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

नेपाल संवत् ११४० देशभर विविध कार्यक्रम गरी मनाइयो

काठमाडौं, १२ कात्तिक । नेपाल संवतको नयाँ बर्ष ११४० मंगलबार देशभर विविध कार्यक्रम गरी मनाइएको छ । राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९ सय ३७ (इसं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवतको सुरुवात गरेको मान्यता छ ।

नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको थियो । २ हजार ७ सालमा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ ।

नेपाल संवतलाई नयाँ वर्षका रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेष रुपमा मनाउने गरिन्छ ।

गरिब जनताको ऋणमोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमुना प्रस्तुत गरेको र नेपालमा मौलिक संवतसमेत चलाएको कारण २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पालामा साख्वालाई राष्ट्रिय विभूति घोषणा गरिएको थियो । २०६५ सालमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल संवतले राष्ट्रिय मान्यता पाउने घोषणा गर्नुभएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);