शंखधर साख्वा राष्ट्रिय संग्राहलय स्थापना गर्न सरकार प्रतिवद्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

शंखधर साख्वा राष्ट्रिय संग्राहलय स्थापना गर्न सरकार प्रतिवद्ध

काठमाडौं, २२ कात्तिक । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाबारे यथेष्ठ जानकारी दिने उद्देश्यका साथ राष्ट्रिय संग्राहलय स्थापना गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

भक्तपुरमा आयोजित नेपाल संवतको शुभारम्भ कार्यक्रममा बोल्दै उनले शंखधर साख्वाको संग्राहलय स्थापनाका लागि स्थानीय नगरपालिकालाई जग्गा व्यवस्था आग्रह गरेका छन् । त्यस अवसरमा मन्त्री पण्डितले शंखध्वर साख्वाले गरिव जनताको ऋणमोचन गरेर ऐतिहासिक योगदान दिएको पनि स्मरण गरेका थिए ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठले नेपाल संवतलाई राष्ट्रिय चाडको रुपमा घोषणा गर्न सरकारसँग माग गरे । उनले सरकारले नेपाल संवतलाई राष्ट्रिय चाडको मान्यता दिन ढिलाई नगर्ने विश्वास पनि व्यक्त गरे ।

यता, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् पूर्व मन्त्री महेश बस्नेतले नेपाल संवतलाई राष्ट्रिय चाडको मान्यता दिने गरी सरकारले आवश्यक प्रक्रिया अघि बढाएको बताएका छन् ,

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);