यस बर्ष पनि सिस्नुपानीको देउसी-भैलो (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

यस बर्ष पनि सिस्नुपानीको देउसी-भैलो (भिडियोसहित)

काठमाडौं, २२ कात्तिक । हरेक साल नेपाल प्रज्ञा प्रतिष्ठानमा सिस्नुपानी नेपालले देउसी भैलो खेल्ने गर्छ । यस वर्ष पनि सिस्नुपानीले देउसी भैलो खेलेको छ । वर्षभरी घटेका घटनालाई कलात्मक रुपमा देउसी र भैलोको माध्यमबाट प्रस्तुत गरिने हुनाले सिस्नो पानीको देउसीभैलो हेर्न प्रमुख राजनीतिक दलका नेता देखि उच्च पदस्थ अधिकारीहरु पुग्ने गर्छन ।

सिस्नुपानीको देउसी भैलो हेर्न नेकपाका नेता माधव नेपाल, झलनाथ खनाल, ईश्वर पोख्रेल, रामबहादुर थापा बादल, कांग्रेस नेता रामचन्द्र पौडेल, गगन थापासमेत प्रज्ञा प्रतिष्ठान पुगेका थिए ।

दुइ तिहाइको बलियो सरकार बनाएर पनि काम गर्न नसकेको भनेर आम मानिसले समेत गुनासो गरिरहेको बेलामा सिस्नुपानीले नेताहरुकै सामुन्ने कुरा बढी गर्ने तर काम चाहि नगर्ने भनेर खुव आलोचना गरयो ।

कलाकार जेवि टुहुरे अर्थात राजा राजेन्द्रले दुइ तिहाईको सरकार हुँदा पनि केहि गर्न नसकेको भनेर वर्तमान सरकारलाई गित मार्फत व्यग्य गरे । सिस्नुपानीले नेताहरुलाई पालैपालो देउसी भैलोको माध्यमबाट सरकारलाई सिस्नु र पानी लगायो । कार्यक्रममा कलाकार मनोज गजुरेल, सिताराम कट्टेल धुर्मुुस, तथा दमन रुपाखेतीले प्रधानमन्त्री केपी शर्मा वली, प्रचण्ड र शेरबहादुर देउवा प्रति कटाक्ष गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);