संसद् भवन अगाडि फिल्म ‘महापुरुष’ को देउसी-भैलो  | ईमाउण्टेन समाचार

Our Network

भदौ १६ २०८१, आइतबार

संसद् भवन अगाडि फिल्म ‘महापुरुष’ को देउसी-भैलो 

काठमाडौं। आगामी ११ कात्तिकबाट प्रदर्शनमा आउने फिल्म ‘महापुरूष’ टिमले देउसी भैलो खेलेको छ । शनिबार साँझ नयाँ बानेश्वरमा आयोजित देउसी भैलो कार्यक्रममा कलाकारहरू हरिवंश आचार्य, राजाराम पौडेल, गौरी मल्ल, अरुण क्षेत्री, अञ्जना बराईलीसँगै निर्देशक प्रदीप भट्टराई र कलाकारसमेत रहेका कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ उपस्थित थिए। टिमबाहेक कलाकार जीतु नेपाल, कृष्ण कँडेल, राजा राजेन्द्रलगायत उपस्थित थिए । देउसी भैलोमा सार्वजनिक मञ्चबाट शुभकामना दिँदै अभिनेता आचार्यले आउँदो ४ मंसिरमा आफ्नो नीति निर्माणसँगै क्षेत्रको काम गर्ने महापुरूषहरू पठाउन अनुरोध गरे । ‘यो संसद् भवनमा हाम्रो भावना बुझ्ने महापुरूषहरूलाई पठाउने दायित्व तपार्इको छ । भावी पुस्तालाई समेत हुने महापुरूषहरू छान्नु होला । त्यो अगाडि तपाइलाई पूर्ण मनोरञ्जन दिन हामी फिल्म महापुरूष ११ कात्तिकमा ल्याउदै छौँ,’ उनले भने । आचार्यले जनताको भावनाको कदर गर्न नसक्नेहरू सकिँदै गइरहेको तर्कसमेत गरे । ‘हामीले नयाँ केही गर्न लाग्दा भगवानलाई पूजा गरेर चढाउने गरेका छौँ । अहिले महापुरूष पनि भगवानरुपी दर्शकसमक्ष ल्याउँदै छौँ । हामीले यसमा एउटा सन्देश पनि प्रवाह गर्न खोजेका छौँ । दर्शकले त्यसलाई अनुमोदन गर्नुहुनेछ भन्नेमा विश्वस्त छुु,’ उनले भने । लेखकसमेत रहेका निर्देशक प्रदीप भट्टराईले महापुरूषले एक्लोपनको कथा भन्ने बताए । ‘हामीले हाम्रो समाजमा गाडिएको गम्भीर विषयलाई फिल्मी शैलीमा सरल प्रस्तुतिमार्फत देखाउँदै छौँ । हलबाट निस्किएपछि समेत दर्शकसँगै फिल्म रहनेछ भन्ने मलाई विश्वास छ,’ उनले भने।
कलाकार जीतु नेपालले फिल्म सफलताको शुभकामना दिए । उनले दर्शकले माया दिएर बनाएको महापुरूषद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनित फिल्म दर्शकले रुचाउने विश्वास व्यक्त गरे ।  सामाजिक विषयवस्तुमा आधारित ‘महापुरूष’ मा मह जोडीसँगै गौरी मल्ल, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल पराजुली लगायतको अभिनय छ।

यसै फिल्ममार्फत अरुण क्षेत्री र अञ्जना बराइलीले डेब्यु गर्दैछन् । बाल्यकालदेखि नै मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ठूलो र सानो पर्दामा हेर्दै हुर्किएका अरुणले हरिवंशको कान्छो छोरा र अञ्जनाले मदनकृष्णकी छोरीको भूमिका निर्वाह गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);